असोज १ मा 'चुरीफुरी' देखाउँदै ऋषिराज आचार्य

प्रदर्शन मिति तय गरेर प्रचारमा निस्किएका चलचित्रहरु पोस्टपोन्ड भइरहेका बेला ‘चुरीफुरी’ले रिलिज डेट लिएको छ । कमेडी जनरामा निर्माण भएको यो चलचित्र आगामी असोज १ गते रिलिज हुने भएको छ । 

चलचित्रको प्रदर्शन मिति तय गर्दै चलचित्र युनिटले पहिलो पोस्टर सार्वजनिक गरेको छ । चलचित्र ऋषिराज आचार्यले निर्देशन गरेका हुन् । 

चलचित्रको पहिलो पोस्टरमा कलाकार पूजा पन्त, सोना बज्राचार्य, रिन्जिन गुरुङ, रविन्द्र झा, शिशिर भण्डारी, दीपक आचार्य, सुवोध गौतम, पवन खतिवडा, सुरवीर पण्डितलाई स्थान दिइएको छ । पूजा यही चलचित्र मार्फत सिने क्षेत्रमा डेब्यु गर्ने तयारीमा रहेकी कलाकार हुन् ।

आरबी मुभिजको ब्यानरमा निर्माण भएको यो चलचित्रमा रिना ढकाल र निर्देशक आचार्यले संयुक्त रुपमा लगानी गरेका छन् । चलचित्रमा दीपक शर्माको संगीत, समीर आचार्य, विश्व नेपाली र बेनिशा पौडेलको स्वर सुन्न सकिन्छ ।





  • प्रकाशित मिति : चैत ३०, २०७७ साेमबार १०:४८:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया