च्याम्पियन्स लिग : चेल्सी र पिएसजी सेमिफाइनलमा

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन र इङ्ग्लिस क्लब चेल्सी च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेका छन् । गएरातिका खेलमा जित निकाल्दै दुवै टोली लिगको अन्तिम चारमा पुगेका हुन् । 

पिएसजी साविक विजेता बार्यन म्युनिखलाई हराउँदै च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति भएको क्वाटरफाइनलको दोस्रो लेगमा बार्यनले पिएसजीलाई एक शून्यले हराए पनि अवे गोलका आधारमा फ्रेन्च क्लबले अन्तिम चारमा स्थान बनायो ।

पहिलो लेगमा ३२ को जित निकालेको पिएसजी दोस्रो लेगमा एक शून्यको हार व्यहोर्न पुग्यो । खेलको ४०औँ मिनेटमा बार्यनले चोउपो मोटिङको गोलमा अग्रता बनायो ।

मुख्य स्ट्राइकर रोबर्ट लेवान्डोस्कीबिना मैदान उत्रिएको बार्यनले उत्कृष्ठ मौकाहरु पाएपनि थप गोल गर्न सकेन । खेलमा दुवैतर्फबाट थप गोल हुन नसकेपछि अवे गोलका आधारमा पिएसजी अन्तिम चारमा पुुगेको हो । 

यस्तै, इङ्ग्लिस क्लब चेल्सी पनि च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । एफसी पोर्टोलाई अवे गोलमा पराजित गर्दै चेल्सीले सात वर्षपछि युरोपियन प्रतियोगिताको अन्तिम चारमा स्थान बनाउन सफल भयो ।



सेभियाको मैदानमा भएको खेलमा चेल्सी दोस्रो लेगमा एक शून्यले पराजित भएपछि पहिलो लेगमा निकालेको दुई एक गोलको जित उसलाई सेमिफाइनलमा पुर्याउन महत्वपूर्ण बन्यो । 

योसँगै चेल्सी आठौं पटक च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको हो । यस्तै पोर्टो नकआउट चरणबाट बाहिरिएको यो १४औँ पटक हो ।



  • प्रकाशित मिति : वैशाख १, २०७८ बुधबार ७:७:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया