आलियाले जितिन् कोरोना

कोरोनाभाइरस संक्रमण भएको १४ दिनपछि भारतीय अभिनेत्री आलिया भट्टले कोरोना जितेकी छिन् । उनी स्वयंले यो जानकारी दिएकी हुन् । सामाजिक सन्जाल इन्स्टाग्राममा एक पोस्ट राख्दै आलियाले यो जानकारी दिएकी हुन् ।

उनी अप्रिल महिनाको सुरुवातमा नै कोरोना संक्रमित पाइएकी थिइन् ।

आलियाले आफ्नो कोरोना रिपोर्ट नेगेटिभ आएको जानकारी दिएपछि भारतमा उनका प्रशंसकले यसलाई खुसीका साथ लिएका छन् ।

आलियाभन्दा पहिले रणबीर कपुरको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । रणबीरको कोरोना रिपोर्ट पोजेटिभ आएपछि आलियाले कोरोना टेस्ट गराएकी थिइन् । अनि उनको पनि कोरोना रिपोर्ट पोजेटिभ आएको थियो ।

आलियाले अब अहिलेको समयमा केही कुरा नेगेटिभ आउनु नै ठिक भएको भन्दै आफ्नो कोरोना रिपोर्ट नेगेटिभ आएको बताएकी हुन् ।





  • प्रकाशित मिति : वैशाख १, २०७८ बुधबार १४:४५:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया