भारतमा कोरोनाः छत्तिसगढमा बेहाल, शव जलाउने ठाउँसमेत भेटिन छाड्यो

पछिल्ला दिन भारतमा फेरि कोरोनाभाइरस संक्रमितको संख्या निकै बढ्न थालेको छ । भारतको छत्तिसगढ पनि अब कोरोनाभाइरसको हब बन्न थालेको छ । भारतमा लगातार बढिरहेका कोरोनाभाइरस संक्रमितको संख्या छत्तिसगढमा पनि बढिरहेको छ । 

कतिसम्म भने यो राज्यको राजधानी रायपुरको कुनै पनि अस्पतालमा अब बिरामीका लागि शैय्या खाली रहेको छैन ।

भारतीय पत्रकारहरुले विभिन्न मिडियामा लेखेको रिपोर्टअनुसार अस्पतालमा बिरामीहरु इत्रतत्र जताततै लडिरहेका छन् ।

कतिसम्म भने घाटमा शव जलाउने ठाउँ समेत अहिले भेटिन छाडेको त्यहाँका मिडियाहरुमा आएको रिपोर्टमा उल्लेख गरिएको छ ।

पछिल्ला केही साता यता त्यहाँ दैनिक सयौँ कोरोनाभाइरस संक्रमित भेटिन थालेका छन् ।





  • प्रकाशित मिति : वैशाख १, २०७८ बुधबार १५:२:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया