‘हेर्देउ न मायाले’को भिडियो सार्वजनिक

अमेरिकाको रोचेस्टर निवासी गायक निमा तामाङको स्वरमा रहेको ‘हेर्देउन मायाले’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।  

लोकलयमा आधारित यस गीतमा भद्रकला आङबुहाङ राईको शब्द रहेको छ भने र बादल लिम्बूको संगीत छ । म्युजिक भिडियोमा विल्सन विक्रम राई (तक्मे बुडा) र रजनी गुरुङ बीच प्रेम र रोमान्स प्रस्तुत गरिएको छ। भिडियोमा निमा तामाङ, सुजन राई र विशाल लिम्बूको समेत अभिनय छ ।

पाँचथरको सुन्दर दृश्य समावेश गरिएको यस भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका हुन्। भिडियोमा विल्सन विक्रम राईको कन्सेप्ट र कोरियोग्राफी रहेको छ। किरण राईको छायांकन र निर्देशनमा भिडियो तयार पारिएको हो। तक्मेबुडा डट कममार्फत भिडियो सार्वजनिक गरिएको हो।





  • प्रकाशित मिति : वैशाख १, २०७८ बुधबार १९:४८:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया