कोरोना संकट चुलिएपछि भारतीय राजधानी दिल्लीमा कर्फ्यू

कोरोना तीव्र गतिमा बढेपछि भारतीय राजधानी नयाँ दिल्लीमा पनि लकडाउन गरिएको छ। अन्य उपायले काम नगरेपछि अन्तिममा दिल्ली सरकारले कडा कदम चाल्न बाध्य भएको हो। मुख्य मन्त्री अरविन्द केजरीवालले दिल्ली कर्फ्युको घोषणा गरे। उनले बिहीबार कोरोनाविरुद्ध लड्ने नयाँ नियमबारे बताएका हन्। 

कोरोनाको चेन ब्रेक गर्ने योजना अनुसार दिल्लीमा शुक्रवार राति १० बजेदेखि सोमबार बिहान ६ बजेसम्म कर्फ्यू लागु हुनेछ। कर्फ्युको निर्णय दिल्ली सरकारले बाध्य भएर लिएको जनाएको छ। ५ हप्तामा कोरोनाका मामिला २५ गुणाले बढेपछि सरकार यो कदम लिन बाध्य भएको हो। ११ मार्चदेखि १७ मार्चसम्म यहाँ २९९५ केस थिए तर ८ अप्रिलदेखि १४ अप्रिलसम्म बढेर ७६ हजार ८७० पुगेको छ।

कडा नियमबीच दिल्ली सरकारले यस सिजन हुने बिहेका लागि पनि नियम तोकेको छ। कर्फ्युका क्रममा बिहेमा सामेल हुनेलाई ई-पास दिइनेछ। यसका साथै अन्य कयौँ किसिमका प्रतिबन्ध पनि कायम हुनेछन्।

१. सपिङ मल, जिम, स्पा, अडिटोरीयम, बजार र निजी कार्यालय बन्द 
२. सिनेमा हल खुल्ने, तर ३० प्रतिशत मात्रै दर्शक राख्न पाइने
३. रेस्टुरेन्ट बसेर खाना खान पाइने छैन। केबल होम डेलिभरी मात्रै हुनेछ।
४. हरेक नगरपालिका क्षेत्रमा दैनिक एक साप्ताहिक बजार खुल्नेछ।
५. कर्फ्युका क्रममा बिहेमा सहभागी हुन ई पास दिइनेछ।
६. अस्पताल, एयरपोर्ट, बस र रेलवे स्टेशन जानेलाई कर्फ्युका क्रममा छुट दिइनेछ। तर पास लिनुपर्नेछ।

दिल्लीमा बुधवार १७ हजार ८८२ कोरोना संक्रमित भेटिएका छन्।  बुधबारै ९ हजार ९५२ निको भएका छन्। त्यही दिन १०४ जनाले ज्यान गुमाएका छन्। अहिलेसम्म दिल्लीमा ७ लाख ६७ हजार मानिस संक्रमित भइसकेका छन्। यिनमा ७ लाख ५ हजार निको भएका छन्। दिल्लीमा कोरोनाले ११ हजार ५४० को ज्यान गएको छ। अहिले पनि दिल्लीमा ५० हजार ७३६ सक्रिय संक्रमित छन्। 





  • प्रकाशित मिति : वैशाख २, २०७८ बिहीबार १५:१७:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया