सर्वोच्चमा प्रस्तावित चुडाल र सुवेदीको आज संसदीय सुनुवाइ

संसदीय सुनुवाइ समितिले आज सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका व्यक्तिहरुको सुनुवाइ गर्ने भएको छ । सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस कुमार चुडाल र नहकुल सुवेदीको आज संसदीय सुनुवाइ हुँदैछ । 

सिफारिस भएका दुई न्यायाधीश विरुद्ध संसदीय सुनुवाइ समितिमा विभिन्न ७ वटा उजुरी परेका छन् । समितिले उजुरी आह्वान गरेको समयभित्र सुवेदीविरुद्ध ५ वटा र चुडालविरुद्ध २ वटा उजुरी परेका समितिले जनाएको छ । 

संसदीय समितिले गत चैत ४ मा १० दिनको समय राखेर उजुरी आह्वान गरेको थियो । चैत ४ गते बसेको समितिको बैठकले प्रस्तावित न्यायाधीशद्वय चुडाल र सुवेदीविरुद्ध उजुरी दिन आह्वान गरेको थियो । 

संसदीय सुनुवाइ समितिमा चुडालविरुद्ध सरकारी जग्गा हिनामिना गरेको उजुरी परेको छ भने सुवेदीविरुद्ध योग्यताको प्रश्न उठाइएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले उठाएको प्रश्नमा सर्वोच्चले सुवेदीको योग्यता न्यायाधीश बन्न पुग्ने फैसला गरिदिएको छ ।





  • प्रकाशित मिति : वैशाख ३, २०७८ शुक्रबार ११:६:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया