दक्षिण कोरियाको नयाँ प्रधानमन्त्री बने किम

दक्षिण कोरियाको प्रधानमन्त्रीमा किम बो क्युम नियुक्त भएका छन् । राष्ट्रपति मुन जे इनले नयाँ प्रधानमन्त्रीको रुपमा किमलाई नियुक्त गरेका हुन् । 

यसअघि चार पटकसम्म विधायक रहिसकेका किम पूर्व आन्तरिक मन्त्रीसमेत हुन् । सन् २०१७ को मेमा राष्ट्रपति मुन नेतृत्वमा सरकार बनेयता दक्षिण कोरियामा तेस्रो प्रधानमन्त्री बन्न लागेका हुन् । 

मुनको कार्यकालमा किम तेस्रो प्रधानमन्त्री बन्न लागेका हुन् । अब किमलाई संसदले प्रधानमन्त्रीमा पारित गरेपछि मात्रै उनले प्रधानमन्त्रीको पदभार ग्रहण गर्नेछन् । 

राष्ट्रपति मुनले प्रधानमन्त्रीसँगै ५ जना मन्त्रीहरु र राष्ट्रपति भवन ब्लु हाउसको प्रवक्ता पनि नियुक्त गरेका छन् । मुनले भूमि, श्रम, उद्योग, विज्ञान र समुद्र मन्त्रीसमेत नियुक्त गरेका छन् । 

जसअनुसार लिम हे सुक विज्ञानमन्त्री, मुन सङ उक उद्योगमन्त्री, एन क्युङडुक श्रममन्त्री, नो ह्योङ उक भूमिमन्त्री र पार्क जुन योक समुद्रमन्त्री नियुक्त भएका छन् । 

राष्ट्रपति भवन ब्लु हाउसको प्रवक्ताको जिम्मेवारी पार्क क्युङ मीले पाएका छन् । यसअघि दक्षिण कोरियाको प्रधानमन्त्री चुङ से क्युन रहेका थिए । 





  • प्रकाशित मिति : वैशाख ३, २०७८ शुक्रबार १२:९:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया