अमेरिकामा बन्दुकधारीको आक्रमणमा ८ जनाको मृत्यु

अमेरिकामा एक बन्दुकधारीको आक्रमणमा परी ८ जनाको मृत्यु भएको छ । अमेरिकाको इन्डिना राज्यको इन्डियनापोलिस सहरमा घटना भएको समाचार एजेन्सी एएफपीले जनाएको छ । 

एएफपीका अनुसार त्यहाँको एक अन्तराष्ट्रिय विमानस्थल नजिकै बिहीबार राति एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएका हुन् । ती बन्दुकधारीले करिब १० फायर गरेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै त्यहाँको प्रहरीले जानकारी दिएको छ । 

आक्रमणपछि ती बन्दुकधारीले आफैँलाई गोली हानी आत्महत्या गरेका छन् । 





  • प्रकाशित मिति : वैशाख ३, २०७८ शुक्रबार १४:२३:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया