दोब्बरले बढ्न थाले कोरोना संक्रमित, शुक्रबार मात्रै नौ सयजनामा पुष्टि

काठमाडौं : नेपालमा कोरोना संक्रमितको संख्या दोब्बरले बढ्न थालेको छ। बिहीबार चार सयको हाराहारीमा भेटिएका संक्रमित शुक्रबार दोब्बरले बढेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ९ सयजना कोरोना संक्रमित थपिएका छन्। 

मन्त्रालयका अनुसार पिसिआर विधिबाट गरिएको परीक्षणबाट ८ सय ३६ जना र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ६४ जना नयाँ संक्रमित थपिएका हुन्। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पिसिआर विधिबाट ५५ सय ३७ र एन्टिजेन विधिबाट ६२१ वटा परीक्षण भएका थिए।

यही अवधिमा ६ जनाले ज्यान गुमाएका छन्। मन्त्रालयले पछिल्लो २४ घण्टामा २०८ जना निको भएको पनि जानकारी दिएको छ। 


 





  • प्रकाशित मिति : वैशाख ३, २०७८ शुक्रबार १७:५४:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया