पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले कर्णालीले प्रदेशले भष्मासुर र मोहिनीको नृत्य छिट्टै समापन हुने संकेत दिएको बताएका छन् ।
सामाजिक सञ्जालमार्फत डा. भट्टराईले गण्डकी र कर्णाली प्रदेशको सन्देश भष्मासुर र मोहिनीको नृत्य छिट्टै समापन हुँदैछ भन्ने रहेको बताएका छन् । उनले कर्णालीले मूल्यमान्यताको राजनीतिलाई कानुनले नछेक्ने सन्देश दिएको बताए ।
डा. भट्टराईले मूल्यमान्यताको राजनीतिलाई कानुनी भ्रमजालले छोप्ने दुष्प्रयास नछर्न पनि आग्रह गरेका छन् । उनले कुनै घटनाको मुख्य चालक तत्व बाह्य नभएर आन्तरिक नै हुन्छ भन्ने नभुल्न पनि आग्रह गरेका छन् ।
डा. भट्टराईले सत्ताभन्दा सत्य बलवान हुन्छ भन्ने नबिर्सन पनि आग्रह गरेका छन् । उनले कर्णालीको सन्देशलाई बुझेर भष्मासुर र मोहिनीको नृत्य छिट्टै समापन हुने पनि उल्लेख गरेका छन् ।
गण्डकी र कर्णाली प्रदेशको सन्देश बेलैमा बुझौं! मूल्यमान्यताको राजनीतिलाई कानुनी भ्रमजालले छोप्ने दुष्प्रयास नगरौं।कुनै घटनाको मुख्य चालकतत्व बाह्य हैन आन्तरिक हुन्छ भन्ने नभुलौं।सत्ताभन्दा सत्य बलवान हुन्छ भन्ने नबिर्सौं।भष्मासुर र मोहिनीको नृत्य छिटै समापन हुॅदैछ प्रतीक्षा गरौं!
— Baburam Bhattarai (@brb1954) April 16, 2021
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।