आसिफ, साहब र कुशलको टि-२० अन्तर्राष्ट्रियमा डेब्यु

नेपालका ३ खेलाडीले सिनियर टोलीबाट टि-२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका छन् । 

त्रिदेशीय टि-२० अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत शनिबार नेदरल्यान्ड विरुद्धको खेलमबाट आसिफ सेख, साहब आलम र कुशल भुर्तेलले टि-२० मा डेब्यु गरेका हुन् । 

असिफ सेख

घरेलु प्रतियोगितामा नाम चलेका खेलाडी हुन् आसिफ । ओपनर आसिफले  विभागीय टोली नेपाल एपिएफ क्लबबाट घरेलु प्रतियोगिता खेल्दै आएका छन् । 

आफिसले नेपालको यु-१९ टिमको कप्तानी समेत गरिसकेका छन् । उनले गत माघमा सम्पन्न प्रधानमन्त्री कपमा एपिएफलाई फाइनल पुर्‍याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । 

शाहव आलम



स्पिनर आलमले घरेलु प्रतियोगिता विभागीय टोली त्रिभुवन आर्मी क्लबबाट खेल्दै आएका छन् । पछिल्ला केही वर्ष उत्कृष्ट लयमा देखिएका आलम पहिलोपटक सिनियर टोलीमा परेका हुन् । 

उनले गत माघमा सम्पन्न प्रधानमन्त्रीकपमा आर्मीलाई उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । उनले आर्मीलाई उपाधि दिलाउने क्रममा ५ खेलमा १२ विकेट लिएका थिए ।



कुशल भुर्तेल

अलराउन्डर कुशल भुर्तेलले पनि टि-२० मा डेब्यु गरेका छन् । उनी घरेलु प्रतियोगिता विभागीय टोली नेपाल पुलिस क्लबबाट खेल्दै आएका छन् । 

उनले सन् २०१९ मा बंगलादेशमा भएको एसिसी इमर्जिङ टिम्स एसिया कपमा भारत विरुद्धको खेलबाट लिस्ट ‘ए’ मा डेब्यु गरेका थिए ।

  • प्रकाशित मिति : वैशाख ४, २०७८ शनिबार १३:४३:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया