नेपाल पक्षले बनायो आदिवासी जनजाति महासंघको समानान्तर कमिटी, (सूचीसहित)
फाइल तस्बिर

नेकपा (एमाले) सम्बद्ध लोकतान्त्रिक आदिवासी जनजाति महासंघ विभाजित भएको छ । एमाले नेता माधव नेपाल पक्षको भेलाले महासंघको अलग्गै नेतृत्व चयन गरेको छ। योसँगै एमालेका आदिवासी जनजाति घटक संगठनहरु पनि विभाजित भएका हुन् ।

माधव नेपाल पक्षको आइतबार काठमाडौंमा सम्पन्न भेलाले राष्ट्रियसभाका सांसद् परशुराम मेघी गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको वरिष्ठ उपाध्यक्ष पासाङ शेर्पा चयन भएका छन् भने महासचिव टासी ह्योल्मोलाई चयन गरिएको छ ।

नेता नेपालको उपस्थितिमा भएको भेलाले १० जना उपाध्यक्ष, ५ जना उपमहासचिव र २० जना सचिव सहितको पदाधिकारी टोली समेत चयन गरेको छ । लोकतान्त्रिक आदिवासी जनजाति महासंघको अध्यक्ष शेरबहादुर तामाङ छन् । त्यसको समानान्तर कमिटी माधव नेपाल पक्षले घोषणा गरेको हो ।

यस्तो छ समानान्तर कमिटीको सूची :

अध्यक्ष 
परशुराम मेघी गुरूड

वरिष्ठ उपाध्यक्ष
पासाङ शेर्पा
चित्र थापा



उपाध्यक्ष
भवानी खापुङ - प्रदेश नं १ इन्चार्ज
शिव गुरूङ - घटक संघ इन्चार्ज
रामप्रसाद चौधरी - लुम्बिनी प्रदेश इन्चार्ज
वीरबहादुर बढाथोकी मगर - सुदूरपश्चिम प्रदेश इन्चार्ज
माइलाबाबु घौला - बागमती प्रदेश इन्चार्ज
सुरेन्द्र लामा - प्रदेश २ इन्चार्ज
यामबहादुर गुरुङ - गण्डकी प्रदेश इन्चार्ज
टामिन्द्र राई - प्रदेश १ सह इन्चार्ज
मीनाकुमारी लामा - महिला उपाध्यक्ष
शकुन्तला लेप्चा - अल्पसंख्यक उपाध्यक्ष

महासचिव
टासी ह्यल्मो
उपमहासचिव
रामचन्द्र वल
रञ्जना मास्के
चेतबहादुर गुरूङ
नरेन्द्र कन्दङवा
गोपाल श्रेष्ठ



सचिव
गिरेन राई - १ नं प्रदेश
कृष्ण चेन्जोङ - १ नं प्रदेश
वज्रकुमार राई - १ नं प्रदेश
पृथ्वीचन्द्र चौधरी - २ नं प्रदेश
रामललित मण्डल - २ नं प्रदेश
ममता चौधरी - २ नं प्रदेश
सुमन श्रेष्ठ - बागमती प्रदेश
चन्द्र तामाङ - बागमती प्रदेश
लाप्साङ लामा तामाङ - बागमती प्रदेश
राजाराम स्याङतान - बागमती प्रदेश
देउप्रसाद छन्त्याल - गण्डकी प्रदेश
लालबहादुर थापा - गण्डकी प्रदेश
पीताम्बर सारू - लुम्बिनी प्रदेश
चक्र बुढामगर - कर्णाली प्रदेश
योगिता राई - बागमती प्रदेश
लक्ष्मी चौधरी - सुदूरपश्चिम प्रदेश
रेवत राई - १ नं प्रदेश
दूधप्रसाद घले - गण्डकी प्रदेश
देवेन्द्र गुरूङ - लुम्बिनी प्रदेश
चुनकुमारी चौधरी - सुदूरपश्चिम प्रदेश

कोषाध्यक्ष
श्याम श्रेष्ठ

सहकोषाध्यक्ष
गोविन्दराम चेपाङ
रोजिना राई
अमला श्रेष्ठ

घटक संगठनका इन्चार्ज पनि तोकिए

यसैबीच माधव नेपाल पक्षले लोकतान्त्रिक आदिवासी जनजाति महासंघ अन्तर्गतका २७ वटा जातीय संगठनमा समेत नयाँ नेतृत्व चयन गरेको छ । ती घटक संगठनका इन्चार्ज तोकिएको वरिष्ठ उपाध्यक्ष पासाङ शेर्पाले जानकारी दिए । 

यस्तो छ घटक संगठनका इन्चार्जहरुको सूचीः

मगर – भोजविक्रम बुढामगर
थारु – मेटमणि चौधरी
तामाङ – चन्द्रबहादुर तामाङ
नेवार – रञ्जना मास्के
राई – जीवन राई
गुरुङ – यम गुरुङ
लिम्बू – डम्बरध्वज तुम्बाहाम्फे
शेर्पा – दोर्जे सुशील शेर्पा
सुनुवार – उदय सुनुवार
चेपाङ – गोविन्दराम चेपाङ
ह्योल्मो – छिरिङ ग्याल्बो ह्योल्मो
थकाली – अनुप थकाली
वालुङ – लुजक लामा रहित
मेचे – अर्जुन मेचे
दनुवार – कृष्ण राई दनुवार
थामी – महल थामी
बराम – पूर्ण बराम
लेप्चा – शकुन्तला लेप्चा
सिंसवा भोटे – दोर्जी भोटे
दराई – सुदन दराई
कुमाल – ज्ञानबहादुर कुमाल
तोप्केगोला – मिङ्मा छिरिङ 
छन्त्याल – देवप्रसाद छन्त्याल
याक्खा – मागमान जिमी
व्यासी – नगेन्द्र टिङखुरी
जिरेल – लालबहादुर जिरेल
माझी – सुब्बा माझी

  • प्रकाशित मिति : वैशाख ५, २०७८ आइतबार १५:५:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया