भारतबाट दैलेख फर्किएका कोरोना संक्रमित पुरुषको मृत्यु

दैलेखमा कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ । १५ दिनअघि मात्रै भारतबाट गाउँ फर्किएका उनी भारतमै संक्रमित थिए । 

उपचारका क्रममा उनको मृत्यु भएको दुल्लु अस्पताल दैलेखले जानकारी दिएको छ । मृत्यु हुनेमा दुल्लु नगरपालिका–२ का ३८ बर्षे पुरुष रहेका छन् । 

‘भारतमै कोरोनाको पुष्टि भएको रहेछ,’ जिल्ला जनस्वास्थ्य सेवा कार्यालय दैलेखका कोरोना फोकलपर्सन थिरप्रसाद रेग्मीले भने, ‘नाकामा कोरोना पोजेटिभ भएको रेकर्डपछि जिल्लामा परीक्षण गरेनौँ ।’ 

गाउँ फर्कंदा नेपालगन्जको रुपैडिया नाकामा गरिएको चेकजाँचमा उनी कोरोना संक्रमित रहेको पुष्टि भएको रेग्मीले बताए । 

‘नेपालगन्ज नाकामा बुझ्दा कोरोना संक्रमित भएको रेकर्ड देखियो,’ रेग्मीले भने, ‘कोरोना पोजेटिभ भए पनि सबैलाई ढाँटेका रहेछन् । कोरोना पोजेटिभ भएको जानकारी गाउँमा कसैलाई गराएका थिएनन् ।’ 

शनिबार गम्भीर बिरामी भएपछि उपचारका लागि दुल्लु अस्पताल दैलेखमा पुगेका थिए । उपचारकै क्रममा शनिबार उनका मृत्यु भएकोे हो । उनको आइतबार नेपाली सेनाले अन्त्येष्टि गरेको छ ।





  • प्रकाशित मिति : वैशाख ५, २०७८ आइतबार १६:५०:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया