आजबाट कोरोना खोपको दोस्रो डोज

आजबाट कोरोना भाइरस(कोभिड–१९) विरुद्धको खोपको दोस्रो डोज लगाउन सुरु गरिएको छ । खोप अभियानका सुरुवातमा पहिलो डोजको खोप लगाएकालाई मंगलबारबाट दोस्रो डोज खोप दिन लागिएको हो । 

नेपालका माघ १४ बाट कोरोनाविरुद्धको खोप अभियान सुरु भएको थियो । सुरुमा कोरोना रोकथाम नियन्त्रणमा फ्रन्ट लाइनमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मी, शव व्यवस्थापनमा खटिएकाहरुलाई खोप दिइएको थियो । 

भारत सरकारले अनुदानमा दिएको कोभिशिल्ड खोप नेपाल आएपछि नेपालमा खोप अभियान सुरु भएको थियो ।  गत माघ १४ देखि फागुन १० सम्म पहिलो खोप लगाएका स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सुरक्षाकर्मी, सरसफाइकर्मी, पत्रकार, कूटनीतिक नियोगका 

कर्मचारी लगायतलाई ११ गतेसम्म दोस्रो मात्रा लगाइने स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । 





  • प्रकाशित मिति : वैशाख ७, २०७८ मंगलबार ११:०:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया