अर्धशतक बनाउनेबित्तिकै ऐरी आउट

त्रिदेशीय टि–२० अन्तर्राष्ट्रिय सिरिजको चौथो खेलमा अहिले नेपाल र नेदरल्यान्ड भिड्दै छन् । त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर नेपालले ब्याटिङ गरिरहेको छ।

अर्धशतक बनाउने वित्तिकै उपकप्तान दीपेन्द्रसिंह ऐरी आउट भएका छन् । १५औँ ओभरको पहिलो बलमा छक्का प्रहार गर्दै अर्धशतक बनाएका ऐरीले दोस्रो बलमा पनि छक्का प्रहार गरेका थिए । त्यसपछि तेस्रो बलमा उनी क्याच आउट भएका हुन्  ।

अहिले कुशल मल्ल र विनोद भण्डारी क्रिजमा छन् । १६ ओभर सकिँदा नेपालको स्कोर १६६ रन बनेको छ । 





  • प्रकाशित मिति : वैशाख ७, २०७८ मंगलबार १४:३८:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया