सन्दीपले लिए पहिलो विकेट

त्रिदेशीय टि–२० अन्तर्राष्ट्रिय सिरिजको चौथो खेलमा अहिले नेपाल र नेदरल्याण्ड खेल्दैछन् । त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर ब्याटिङ गरेको नेपालले नेदरल्याण्डलाई जितका लागि २०७ रनको लक्ष्य दिएको छ । 

नेपालले २० ओभरमा ६ विकेटको क्षतिमा २०६ रन बनाएको हो । 
अहिले नेदरल्याण्डले जवाफी ब्याटिङ गरिरहेको छ । 

सन्दीप लामिछानेले नेपालका लागि पहिलो विकेट लिएका छन् । दोस्रो ओभरको तेस्रो बलमा सन्दीपले म्याक्स ओडोडलाई एलबिडब्ल्यू आउट गरेका हुन् । म्याक्सले ८ बलमा ९ रन बनाएका थिए । विकेट लिएपनि यस ओभरमा सन्दीपले ३ चौकासहित १२ रन दिए ।





  • प्रकाशित मिति : वैशाख ७, २०७८ मंगलबार १५:२१:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया