‘द भोइस अफ नेपाल’मा ‘तीन पाते’ गीत प्रस्तुत गरेर चर्चा कमाउन सफल गायक किरण गजमेरले आफ्नो नयाँ म्युजिक भिडियो ‘किन मायामा’ सार्वजनिक गरेका छन्।
यस गीतमा शब्द गोपाल लोहारको रहेको छ । वसन्त सापकोटाले यस गीतलाई संगीतबद्ध गरेका हुन् । गीतमा विसम आचार्यको संगीत संयोजन रहेको छ । त्रिकोणात्मक प्रेम कथामा आधारित म्युजिक भिडियोमा जाइना कुँवर, प्रभात पाल ठकुरी, सुष्मिता चौधरी र दिलीप केसीको अभिनय रहेको छ ।
श्याम तामाङ्गले छायांकन गरेको यस भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन् । भीमा लोहार निर्मात्री रहेको यस भिडियोलाई श्याम लामा र काजी लिम्बूको संयुक्त निर्देशनमा भिडियो तयार पारिएको हो । गोलो प्रोडक्सनको आधिकारिक च्यानलमार्फत् भिडियो सार्वजनिक गरिएको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।