चरम कोरोना संक्रमणसँगै खोपको उत्पादन बढाउँदै भारत

भारतले कोरोना भाइरसको खोप सम्पूर्णमा पुर्याउने उद्देश्यसहित खोप उत्पादनको परिमाण बढाएको छ । साइरस पुनावालाले ग्रुपअन्तर्गत सिरम इन्स्टिच्युट अफ इन्डियाले उक्त खोपको अधिक उत्पादन थालेको हो । 

उत्पादित खोप सरकारी तथा सम्पूर्ण निजी अस्पतालहरुमा वितरण गर्ने सिरम इन्स्टिच्युटले आफ्नो विज्ञप्तिबाट जानकारी दिएको छ । आगामी दुई महिना भित्र खोपको उत्पादनमा वृद्धि गरी पहुँचमा सहजता ल्याउने उक्त कम्पनीले जनाएको छ । 

भारतमा सरकारी र निजी अस्पतालका लागि उक्त खोपको मूल्य पनि निर्धारण भइसकेको छ । जसमा सरकारी अस्पतालमा उक्त खोपको मूल्य ४ सय र निजी अस्पतालमा ६ सय भारतीय रुपैयाँ रहेको छ ।

भारतमा अन्य देशको खोपको तुलनामा खोपको मूल्य कम हुने गरी वितरण गर्ने तयारीमा रहेको छ । हाल भारतीय बजारमा अमेरिकन खोपको मूल्य १५ सय, रुसी खोपको मूल्य ७ सय ५० र चाइनिज खोपको मूल्य ७ सय ५० भारतीय रुपैयाँ रहेको छ । 

भारतमा खोपको उत्पादनको मात्रा बढाएर सबैमा सहज पहुँच बनाउने कम्पनीले विज्ञप्तिबाट जानकारी दिएको छ । 



नेपालमा पनि सिरमकै उत्पादन कोभिसिल्डको प्रयोग भइरहेको छ । अहिले नेपालमा कोभिसिल्डको दोस्रो चरणमा टीकाकरण जारी रहेको छ । 



  • प्रकाशित मिति : वैशाख ८, २०७८ बुधबार १५:२:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया