सडक निर्माणमा कर्णाली सरकारको न्यून प्रगति
१९ किमि पिच, टेन्डर प्रक्रियामै सकिन थाले आर्थिक वर्ष
वीरेन्द्रनगरको सरकारी प्लानिङ क्षेत्रमा निर्माण गरिएको सडक । तस्बिर : वसन्त भण्डारी/फरकधार

कर्णाली प्रदेश सरकारले सडक निर्माणलाई तिब्रता दिएको छ । राजधानी वीरेन्द्रनगर तथा प्रदेशका अन्य जिल्लाहरूमा तदारुकताका साथ काम भइरहेको बताइएको छ । राजधानी वीरेन्द्रनगरसँग जोडिएका सडक प्राथमिकतामा परेका छन् । हाल वीरेन्द्रनगरस्थित सरकारी प्लानिङ क्षेत्र तथा अन्य विभिन्न क्षेत्रका सडक कालोपत्रे भइरहेका छन् ।

चालु आर्थिक वर्षमा वीरेन्द्रनगर उपत्यकाभित्र २९ किमि र जिल्लाका अन्य विभिन्न क्षेत्रमा १० किमि सडक कालेपत्रे गर्ने योजना रहेको पूर्वाधार विकास कार्यालयले बताएको छ ।

सुर्खेत जिल्लामा रहेका साना तथा ठूला सडक यो वर्ष कालेपत्रे हुने पूर्वाधार विकास कार्यालयले जानकारी दियो । गत वर्ष कोरोना भाइरसका कारण काम हुन नसकी अलपत्र रहेका सडक चालु वर्ष चिल्ला देखिन थालेका छन् । उपत्यकामा २५ वटा सहरी सडक र अन्य सडकहरू कालोपत्रे हुने बताइएको छ । 

निर्देशनालयका अधिकृत हरि शर्मा धितालले चालु आर्थिक वर्षमा ११ किमि सडक कालोपत्रे भइसकेको बताए । अन्य सडकमा पनि काम भइरहेको उनी बताउँछ्न् । ‘चालु आर्थिक वर्ष ११ किमि सडक पिचको भएको छ,’ उनले भने, ‘सात किमि हिउँद अघि नै पिच भएको हो भने हाल ३ किमि पिचको काम सकिएको छ । बाँकी सडक पनि पिचको काम तिव्र गतिमा भइरहेको छ । यो वर्ष हामी लक्ष्यअनुसार सत्र प्रतिशत काम गर्ने छौँ ।’

चालु आर्थिक वर्षको हाल सम्म ११ किमि सडक पिच भएसँगै कर्णाली प्रदेश सरकारले हालसम्म गरेको सडक पिच १९ किमि पुगेको छ । गत आर्थिक वर्षको मसान्तसम्म कर्णाली प्रदेश सरकारले जम्मा ८ किमि सडक पिच गरेको थियो ।

पूर्वाधार विकास निर्देशनालयमा चालु आर्थिक वर्षमा १ अर्ब ६३ करोड बजेट विनियोजन भएको छ । जस मार्फत् सडक पिच, मर्मत सुधार, पुल निर्माण जस्ता काम हुने उनको भनाइ छ । 



चालु आर्थिक वर्षका योजना टेन्डर प्रक्रियामै

गत आर्थिक वर्षका योजनाहरू चालु आर्थिक वर्षमा काम भइरहेको छ भने चालु आर्थिक वर्षका अधिकांश योजनाहरू टेन्डर प्रक्रियामै अल्झिएका छन् । 
सरकारी मापदण्डअनुसार आर्थिक वर्षको ६ महिनासम्म टेन्डर प्रक्रिया, सम्झौता लगायतका सम्पूर्ण काम सक्ने र पछिल्लो ६ महिना यताबाट पिचको काम सुरु गर्नुपर्ने हो । तर, त्यो हुन सकेको छैन । 



अधिकृत धितालले चालु आर्थिक वर्षका ठूला सडकहरू टेन्डर प्रक्रियामा रहेको र अर्को वर्षमा मात्रै पिच हुने बताए । केही स–साना सडक बाहेक अन्य सडकहरू चालु आर्थिक वर्षमा पिचको काम गर्न नसकिने बताए ।

  • प्रकाशित मिति : वैशाख १०, २०७८ शुक्रबार १७:४२:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया