प्रदेश सरकार हेरफेरमा राष्ट्रपतिको चासो, भेटिन् सातै प्रदेश प्रमुखलाई

राष्ट्रपति विद्यादेवी भण्डारले प्रदेश सरकार परिवर्तनबारे चासो व्यक्त गरेकी छन्। शुक्रबार सातै प्रदेश प्रमुखहरुसँग छलफलका क्रममा उनले सरकार परिवर्तनबारे चासो राखेकी हुन्। 

राष्ट्रपतिको कार्यालय शीतल निवासमा शुक्रबार करिब चार घण्टासम्म भएको छलफलमा राष्ट्रपतिले समग्र प्रदेशको अवस्थाबारे विभिन्न जिज्ञासा राखेकी थिइन्। 

छलफलका क्रममा राष्ट्रपति भण्डारीले सामाजिक रुपान्तरण, जलवायु परिवर्तन, सामुदायिक सद्‌भाव, शैक्षिक सुधार र प्रदेश सरकार परिवर्तनमा भइरहेको प्रयासबारेमा चासो राखेकी थिइन्। 

बैठकमा सहभागी प्रदेश प्रमुखहरुले आफ्ना प्रदेशमा मुख्यमन्त्रीविरुद्ध ल्याइएका अविश्वासको प्रस्तावलगायतका विषयमा राष्ट्रपतिलाई जानकारी गराएका थिए।

राष्ट्रपतिसँगको छलफलमा प्रदेश १ का सोमनाथ अधिकारी प्यासी, प्रदेश २ का राजेश झा अहिराज, बागमती प्रदेशका विष्णु प्रसाईं, गण्डकीका अमिक शेरचन, लुम्बिनी प्रदेशका धर्मनाथ यादव, कर्णालीका गोविन्द कलौनी र सुदूरपश्चिम प्रदेशका शर्मिला त्रिपाठी उपस्थित थिए।

पछिल्लो समय सबैजसो प्रदेशमा सत्ता परिवर्तनको चलखेल भइरहेको छ। तत्कालीन नेकपाको खारेजी र ब्यूँतिएको एमालेमा देखिएको कलहका कारण सातै प्रदेशमा सत्ता परिवर्तनको चलखेल बढिरहेका सन्दर्भमा राष्ट्रपतिले उनीहरुसँग संवाद गरेकी हुन्।





  • प्रकाशित मिति : वैशाख १०, २०७८ शुक्रबार २२:१२:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया