खाेपकाे दुवै डोज पूरा गरेका ग्राण्डी अस्पतालका चिकित्सकलाई कोरोना संक्रमण

कोरोना खोप लगाएका ग्राण्डी अस्पतालका एक चिकित्सकमा कोरोना संक्रमण देखिएको छ । कोरोना खोपका दुवै डोज पूरा गरेका ग्राण्डी अस्पतालका चिकित्सक डा. विपिन नेपाल कोरोना संक्रमित भएका छन् । 

उनले वैशाख ८ गते दोस्रो डोज खोप लगाएका उनीसँगै उनकी पत्नी पनि कोरोना संक्रमित भएकी छिन् । उनीहरुले शुक्रबार काठमाडौंको केएमसी अस्पतालमा कारोना परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको हो ।

नेपाल सरकारले अग्रपंक्तिमा खटिने नागरिकलाई पहिलो प्राथमिकतामा राखेर खोप वितरण गरेको थियो । चिकित्सक नेपालले पहिलो चरणमै पहिलो डोजको खोप  लगाएका थिए । 

डा. नेपाल स्वयंले कोभिड १९ को प्रकोपका बेला प्लाज्मा थेरापीबाट धेरै संक्रमितलाई निको पारेका थिए । 

दुवै डोज खोप लगाए पनि कोरोना संक्रमणको जोखिम कायम रहन्छ भन्ने डा. नेपालमा कोरोना देखिनुले पुष्टि भएकाे छ । 





  • प्रकाशित मिति : वैशाख ११, २०७८ शनिबार १६:४१:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया