जन्ती बसलाई टिपरले ठक्कर दिँदा दुई बालिकाको मृत्यु

रुपन्देहीमा टिपरले जन्ती बसलाई ठक्कर दिँदा दुईजना बालिकाको मृत्यु भएको छ ।

दुर्घटनामा परी तिलोत्तमा नगरपालिका–५ की आठ वर्षीया गंगा हरिजन र १० वर्षीया सरस्वती हरिजनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कोटिहवामा भएको दुर्घटनामा ६ जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा परी टिपर चालकसहित ६ जना घाइते भएका हुन् । 

भैरहवाबाट बुटवल आउँदै गरेको लु१ख ६०६४ नम्बरको टिपरले सोही दिशाबाट बुटवल आउँदै गरेको लु१ख ९६८५ नम्बरको जन्ती बोकेको बसलाई पछाडिबाट ठक्कर दिएको हो । 

ट्रकको ठक्करबाट सरस्वतीको घटनास्थलमै र गंगाको उपचारका क्रममा क्रिमसन अस्पताल मणिग्राममा मृत्यु भएको प्रहरीले जनाएको छ । 





  • प्रकाशित मिति : वैशाख १२, २०७८ आइतबार १७:४७:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया