पूर्वाञ्चल विश्वविद्यालयको प्रश्न पत्र आउट गर्ने १० जना पक्राउ

पूर्वाञ्चल विश्वविद्यालयमा वैशाख ३ गतेको परीक्षाको प्रश्न पत्र आउट गर्ने १० जना पक्राउ परेका छन् । इन्जिनियरिङ संकायतर्फको बिई सेकेण्ड सेमेस्टारको फिजिक्स विषयको मूल प्रश्नपत्र परीक्षा हुनुपूर्व नै बाहिरिएको थियो । 

यसबारे अनुसन्धानका लागि पूर्वाञ्चल विश्वविद्यालयले प्रहरीलाई आग्रह गरेको थियो । अनुसन्धानको आधारमा प्रहरीले १० जनालाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो ।

अनुसन्धानका क्रममा पूर्वाञ्चल विश्वविद्यालयका फोटोकपी गर्ने कर्मचारीले समाजिक सञ्जालमार्फत प्रश्न पत्र बाहिर ल्याएको पाइएको प्रहरीको भनाइ छ । 

प्रहरीले विराटनगर–८ का कोमलप्रसाद गौतम, संखुवासभा मादी–६का गोपाल कार्की, रूपन्देहीका विजय पोखरेल, गोरखाका मीनप्रसाद भट्ट, भरत पठन, विकास खड्कालाई पक्राउ गरेको छ ।

सिन्धुपाल्चोकका निर्मल खड्का, महोत्तरीका नानिपथ मण्डल, सप्तरीका जीवनकुमार यादव र सप्तरीकै महेश यादव पनि पक्राउ परेको प्रहरीले जानकारी दिएको छ ।





  • प्रकाशित मिति : वैशाख १२, २०७८ आइतबार २०:२४:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया