कोरोना सचेतना : प्रदेश-१ मा माक्स बाँड्दै मन्त्री

प्रदेश-१ मा सर्वसाधारणले कोरोनाप्रति हेलचेक्रयाइँ गर्दै स्वास्थ्य मापदण्ड पालना नगरेपछि मन्त्री आफैँ सचेतनाका लागि माक्स बाँड्न हिँडेकी छिन् । प्रदेश-१ सरकारका सामाजिक विकासमन्त्री उषाकला राईले माक्सबिना हिँडेकाहरूलाई सचेतना फैलाउने उद्धेश्यले माक्स वितरण गर्दै हिँडेकी हुन् ।

मन्त्रीको अभियानलाई ट्राफिक प्रहरीले समेत सघाएको छ । सार्वजनिक यातायातमा  यात्रा गर्ने र सार्वजनिक यातायातमा काम गर्नेहरूलाई लक्षित गरी मन्त्री राईले कोभिड-१९ को रोकथाम तथा नियन्त्रणका लागि जनचेतनामूलक अभियान स्वरूप माक्स वितरण गरेको बताइन् ।  

विराटनगर बसपार्कबाट यस अभियानको सुरुवात गरिएको हो । कोरोनाको दोस्रो लहर सुरु भएसँगै संक्रमितको संख्या दिनानुदिन बढिरहे पनि स्वास्थ्य मापदण्ड पालना नभएपछि मन्त्रालयले सांकेतिक रूपमा अभियानको सुरुवात गरेको जनाएको छ ।

सामाजिक विकासमन्त्री राईले कोरोनाबाट बच्नका लागि स्वास्थ्य मापदण्ड, सामाजिक दूरी कायम गर्न आवस्यक रहेकाले सार्वजनिक यातायातबाट यस्तो अभियान थालेको बताइन् ।

यस्तै, प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले समेत माक्स बाँड्ने अभियान सुरु गरेको छ । सुरुमा जनचेतना फैलाउने र अटेर गरे कारबाही गर्नका लागि यस्तो अभियान थालेको हो ।

माक्सबिना हिँडेका यात्रुहरूलाई रोकेर माक्स दिने गरेको प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । प्रदेशका १४ जिल्लामा रहेका सबै ट्राफिक प्रहरी इकाइबाट १६ हजार ९ सय ५५ थान माक्स वितरण भइसकेको छ ।





  • प्रकाशित मिति : वैशाख १५, २०७८ बुधबार ११:५५:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया