आइसिसीको नयाँ टि-२० वरियतामा कुशलको छलाङ

भर्खरै त्रिवि क्रिकेट मैदानमा सम्पन्न त्रिकोणात्मक टि-२० अन्तर्राष्ट्रिय सिरिजमा उत्कृष्ट प्रदर्शन गरेका नेपाली ओपनर कुशल भुर्तेलले टि-२० ब्याटिङतर्फको वरियतामा ठूलो छलाङ मारेका छन् ।

आइसिसीले निकालेको ब्याटिङतर्फको नयाँ वरियतामा उनी ३२ स्थान सुधार गर्दै ६१ औँ स्थानमा उक्लिएका छन् । उनको रेटिङ प्वइन्ट ४४२ छ । 

कुशले सिरिजका ५ खेलमा ४ अर्धशतकसहित २७८ रन बनाएका थिए ।

वरियतामा पूर्व पारस खड्का ३६२ रेटिङका साथ ५ स्थान खस्किँदै ८८ औँ र कप्तान ज्ञानेन्द्र मल्ल ३५७ रेटिङका साथ ९४ औँ स्थानमा छन् । 

बलिङतर्फ नेपालका सन्दीप लामिछाने ४०५ रेटिङ प्वाइन्टका साथ ७७ औँ स्थानमा यथावत छन् ।

वरियतामा ब्याटिङतर्फ इङ्ल्यान्डका डेविड मलान, बलिङतर्फ दक्षिण अफ्रिकाका तबरेज शाम्सी र अलराउन्डतर्फ अफगानिस्तानमा मोहम्मद नाबी शीर्ष स्थानमा छन् ।





  • प्रकाशित मिति : वैशाख १५, २०७८ बुधबार १६:११:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया