कोभिड नियन्त्रणका लागि कर्णाली सरकारले छुट्यायो १ अर्ब
५० करोड विकास खर्चबाट रकमान्तर

कर्णाली प्रदेश सरकारले कोरोना भाइरस (कोभिड—१९)को नियन्त्रणका लागि एक अर्ब रुपैयाँ बजेट छुट्याएको छ । जसमा ५० करोड रुपैयाँ विकास खर्चबाट रकमान्तर गरिएको छ । 

प्रदेशमा दोस्रो लहरको कोरोना फैलिएसँगै कोभिड नियन्त्रण र स्वास्थ्य पूर्वाधार सुदृढीकरणका लागि प्रदेश अस्पताल सुर्खेतलाई २२ करोड, रुकुमपश्चिमको चौरजहारी सामुदायिक अस्पताल, जिल्ला अस्पताल र रणनीतिक अस्पतालहरुलाई १२ करोड बजेट पठाइएको छ । 

बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजनामन्त्री विमला केसीले प्रदेशका ४ वटा नाकामा थप स्वास्थ्यकर्मीसहितको एन्टिजेन परीक्षण र स्किनिङको व्यवस्था गरिएको बताइन् । 

स्थानीय तह, प्रदेश अस्पताल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र जिल्ला अस्पतालमा समेत गरी १ हजार ९ सय ५० वटा आइसोलेसन, ६२ वटा आइसियू, ३४ वटा भेन्टिलेटर र एचडियू ५० बेड रहेको र आवश्यक थप सामग्रीका लागि प्रदेश सरकारले तयारी गरिरहेको समेत बताइन् । 

सरकारले गरिब तथा विपन्न समुदायका लागि कोभिड उपचारमा आवश्यक पर्ने औषधि निःशुल्क व्यवस्थापन गर्ने समेत बताइन् । कर्णाली प्रदेशमा रहेका चारवटा पिसिआर प्रयोगशालामध्ये हाल तीनवटा मात्रै सञ्चालनमा रहेका छन् । तीमध्ये एउटालाई पनि छिट्टै सञ्चालनमा ल्याउन पहल भइरहेको मन्त्री केसीको भनाइ छ । 





  • प्रकाशित मिति : वैशाख १६, २०७८ बिहीबार १९:१९:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया