मन्दिर तथा सांस्कृतिक स्थलमा भिड नलाग्न महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यको अपिल

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौं उपत्यकाभित्र रहेका धार्मिक तथा सांस्कृतिक स्थलमा भिडभाड नगर्न महानगरवासीलाई अपिल गरेका छन् ।

बिहीबार महानगरपालिकावासीलाई अपिल गर्दै प्रमुख विद्यासुन्दर शाक्यले कोरोना संक्रमणको दोस्रो लहरले काडमाडौंमा भयावह अवस्था आउन सक्ने भन्दै सरकारले जारी गरेको सूचनालाई आधार मानी स्वास्थ्यसम्बन्धी तोकिएको मापदण्ड पालना गर्न आग्रह गरेका हुन् ।

प्रमुख शाक्यले महानगरपालिकाभित्र कुनै प्रकारको स्वास्थ्य जटिलता आएको खण्डमा हटलाइन ११८०, मोबाइल नम्बरहरू ९८४९८५६६७२, ९८४९८५६६७१ र कोरोनाका बिरामीका लागि निःशुल्क एम्बुलेन्स सेवा चाहिएमा १०२ मा सम्पर्क गर्न अनुरोध गरेका छन् । 

उनले अन्य कुनै समस्या भएमा सम्बन्धित वडाका वडाध्यक्षहरूको नम्बरमा सीधै सम्पर्क गर्न पनि आग्रह गरेका छन् ।





  • प्रकाशित मिति : वैशाख १६, २०७८ बिहीबार १९:३८:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया