स्वास्थ्य मन्त्रालयले भन्यो– यी जिल्लामा डरलाग्दो भइरहेको छ कोरोना

नेपालका २२ जिल्ला कोरोना संक्रमणबाट अति प्रभावित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयले शुक्रबार सूचना जारी गरी स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण बढेको भन्दै सचेत रहन  अपिल गरिएको छ। 

'स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण बढेकोले अस्पतालमा राखेर हेरचाह गर्न अस्पताल शैय्या उपलब्ध गराउन नसकिने भइसकेको छ' मन्त्रालयद्वारा जारी अपिलमा भनिएको छ, 'त्यसैले सबै दाजुभाई दिदी बहिनीमा संवेदनशील हुन हार्दिक अनुरोध छ।' 

संक्रमण फैलिनबाट रोक्नका लागि जनस्वास्थ्यका मापदण्डहरू मास्क लगाउने, भौतिक दूरी कायम गर्ने, नियमित साबुनपानीले हात धुनु नै सबैभन्दा उत्तम उपाय भएको मन्त्रालयको भनाइ छ। 

 स्वास्थ्य मन्त्रालयका अनुसार नेपालका अतिप्रभावित जिल्लाहरू (मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली, कञ्चनपुर) रहेका छन्। 

आउजाउ र हिडडुल गर्ने काम पूर्ण रुपमा बन्द गर्ने आग्रह समेत मन्त्रालयले गरेको छ । 

 





  • प्रकाशित मिति : वैशाख १७, २०७८ शुक्रबार १५:४:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया