शंकर पोखरेलबारे भीम रावलको टिप्पणी : केपीको छत्रछायामा बसेर पदलोलुपको अर्को चर्तिकला !

नेकपा एमालेका नेता भीम रावलले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राष्ट्रिय राजनीतिलाई ने निर्वस्त्र तुल्याएको बताएका छन्। लुम्बिनी प्रदेशमा आज भएको सरकार बनाउने र छेक्ने राजनीतिक घटनाक्रमपछि रावलले यस्तो प्रतिक्रिया दिएका हुन्। 

उनले मुख्यमन्त्री पोखरेललाई पदलोलुपको पनि संज्ञा दिएका छन्। 'लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध प्रस्तुत अविश्वास प्रस्तावका सन्दर्भमा राष्ट्रिय राजनीतिलाई निर्वस्त्र तुल्याई संविधानकै मर्यादामा आघात पुग्नेगरी उनीबाट भएका क्रियाकलापले लोकतन्त्र र राजनीतिक नैतिकताको धज्जी उडाएको छ', उनले भनेका छन्, 'प्रधानमन्त्री केपीको छत्रछायामा अर्को पदलोलुप चर्तिकला!'

माधवकुमार नेपाल समूहमा लागेका नेता रावललाई एमालेले कारबाही गरेको छ। प्रम ओलीविरुद्ध सबैभन्दा आक्रमक रुपमा प्रस्तुत हुँदै आएका रावलले लुम्बिनीको केसमा पनि उस्तै आक्रमक टिप्पणी गरेका हुन्। 





  • प्रकाशित मिति : बैशाख १९, २०७८ आइतबार १८:४५:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया