प्रधानमन्त्रीकाे सल्लाहमा आफू पक्षधर सांसदलाई काठमाडौं आउन ठाकुर-महतोको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी २७ गते संसदमा विश्वासको मत लिनका लागि आवश्यक रणनीति तय गरेका छन् । सोही क्रममा उनले जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोसँग विशेष सहकार्यको तयारी गरेका छन् । 

ओलीले राजधानी बाहिर रहेका ठाकुर–महतो निकटका सांसदलाई तत्काल काठमाडौं उपत्यकामा झिकाउन आग्रह गरेका छन् । प्रधानमन्त्रीको आग्रहअनुसार ठाकुर–महतोले आफ्ना सांसदलाई काठमाडौं आउन भनिसकेको बताइएको छ ।

ठाकुर–महतोले राजनीतिक परिस्थिति फेरिएकाले कुनै पनि बेला आवश्यक पर्ने भन्दै सांसदहरुलाई काठमाडौं उपत्यकामा आएर बस्न भनिसकेको बताइएको छ ।

जसपाका अध्यक्षद्वय उपेन्द्र यादव र डा. बाबुराम भट्टराई नेपाली कांग्रेस र माओवादी केन्द्रसँग सहकार्य गरेर ओली सरकार ढाल्ने रणनीतिमा रहेका बेला प्रधानमन्त्री ओलीले जसपाका ठाकुर–महतो पक्षलाई आफ्नो पक्षमा ल्याएर पद जोगाउन सकिने अंकगणितका साथ अघि बढेका छन् । 





  • प्रकाशित मिति : बैशाख २०, २०७८ साेमबार १६:५१:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया