ज्वालाको स्पष्टीकरण : फ्लोर क्रस होइन, पार्टी निर्णय कार्यान्वयन गरेका हौँ


कर्णाली प्रदेशसभामा एमालेको फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका एमालेका पूर्व सांसद प्रकाश ज्वालाले फ्लोर क्रस नभएर पार्टीको निर्णयलाई कार्यान्वयन गरेको बताएका छन् ।

एमालेको पोलिटब्युरो सदस्य समेत रहेका ज्वालाले पार्टी नीतिअनुसार नै फ्लोर क्रस गरेको स्पष्टीकरण दिएका छन् । 
पार्टी नीति विपरीत काम गरेको आरोपमा एमालेले ज्वालासहित सांसद अमरबहादुर थापा, नन्दसिंह बुढा, कुर्मराज शाहीलाई पार्टी र सांसद पद मुक्त हुने गरी कारबाही गरिसकेको छ । 

‘कर्णाली प्रदेश सरकारका विषयमा नेकपा (एमाले) केन्द्रीय र प्रदेश कमिटीले कुनै आधिकारिक निर्णय गरेको छैन,’ उनले भने, ‘वर्तमान सरकारको निरन्तरताकै लागि मतदान गरेको हो ।’

यो प्राविधिक र व्यक्तिगत विषय नभइ राजनीतिक निर्णय भएको दाबी गरेका छन् । ‘केन्द्रदेखि स्थानीय तहसम्म समस्या बढाउँदै गुटगत रूपमा पार्टी कब्जा गर्ने रणनीति देखिएपछि त्यसलाई चिर्न यस्तो कदम चाल्नुपरेको हो । अन्याय सहन र आत्मसमर्पण गर्न कम्युनिस्ट पार्टी रोजेको होइन’, उनले थपे ।





  • प्रकाशित मिति : वैशाख २१, २०७८ मंगलबार १४:५८:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया