देउवा निवासमा कांग्रेस पदाधिकारी बैठक, वरिष्ठ नेता पौडेल अनुपस्थित

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस पदाधिकारीहरूको बैठक सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसिरहेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले यही वैशाख २७ गते विश्वासको मत लिने भएपछि आवश्यक रणनीति बनाउन सभापति देउवाले पदाधिकारी बैठक डाकेका हुन्।

यो बैठकले ओलीलाई सरकारबाट विस्थापित गर्नेबारे आवश्यक योजना बनाउने भएको छ। कांग्रेस पदाधिकारी बैठक बस्नुअघि सोमबार देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच टेलिफोन वार्ता भएको थियो। 

आज बसिरहेको पदाधिकारी बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल भने अनुपस्थित छन्। कांग्रेसमा सरकारबाट ओली हटाउने अभियान चलाउँदै आएका पौडेल स्वास्थ्यका कारण बूढानीलकण्ठ नगएको उनको सचिवालयले जनाएको छ।





  • प्रकाशित मिति : वैशाख २१, २०७८ मंगलबार १६:४१:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया