‘कमेडी च्याम्पियन–२’अनिश्चितकालका लागि बन्द

कोरोनाको जोखिम बढ्दै गएपछि रियालिटी सो ‘कमेडी च्याम्पियन’ टिमले अनिश्चितकालका लागि सो स्थगित गरेको छ।

बढ्दो कोरोना संक्रमणका कारण कमेडी रियालिटी सो ‘कमेडी च्याम्पियन–२’ अनिश्चितकालका लागि बन्द भएको हो ।

केही समयअघि कमेडी च्याम्पियनकी एक प्रतियोगीलाई कोरोना संक्रमण देखिएको थियो । जसका कारण एक साता सो बन्द भएको थियो ।

निर्देशक विशाल भण्डारीले आफूहरूले जोखिम मोल्न नचाहेको भन्दै अनिश्चितकालका लागि बन्द गरिएको जानकारी दिए । 

पहिलो सिजनबाट नै चर्चामा आएको ‘कमेडी च्याम्पियन’को दोस्रो सिजनका लागि ६ हजारभन्दा बढी डिजिटल अडिसन प्राप्त भएको थियो । 

जसबाट फिजिकल राउण्डदेखि, भोटिङ हुँदै सिजन–२ ले उत्कृष्ट ९ प्रतियोगी पाइसकेको छ ।





  • प्रकाशित मिति : वैशाख २१, २०७८ मंगलबार १६:४७:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया