एमालेका युवा पुस्तालाई शान्ता चौधरीको आग्रह, 'आगोमा घ्यु थप्न मद्दत नपुर्‍याउँ'

सत्तारुढ नेकपा एमाले संसदीय दलकी सचेतक शान्ता चौधरीले पार्टीमा मिन बिन्दु खोज्न नेताहरुलाई आग्रह गरेकी छन् । अहिलेको लडाईँ इगोको भएको भन्दै चौधरीले मिलन बिन्दु खोज्न आग्रह गरेकी हुन् । 

सामाजिक सञ्जालमार्फत चौधरीले पार्टीका नेतामा भएको इगोको मारमा देश र जनता पर्न नहुने भन्दै पार्टीलाई पनि केही व्यक्तिको इगोको भरमा बर्बाद गर्न नहुने बताइन् । 

चौधरीले आफ्नाहरुबीच नमिल्ने तर अरूसँग उठबस, सहकार्य र गठबन्धन गर्ने कुरा गलत भएको बताइन् । उनले आफ्नाहरुबीच बीच फुट ल्याएर अन्यसँग मिलेर आफ्नालाई सिध्याउने खेल कुनै हालतमा नसुहाएको बताइन् । 

चौधरीले फुटतर्फ उन्मुख पार्टीलाई एकतावद्ध गर्नतर्फ लाग्न पार्टीका युवा पंक्तिमा आग्रह गरेकी छन् । उनले सामाजिक सञ्जालमा पनि पार्टी एकतालाई बल पुग्ने गरी लेख्न तथा सेयर गर्न आग्रह गरेकी छन् । 

चौधरीले लेखेकी छन्, 'युवा पुस्ताका साथीहरु, सामाजिक सञ्जालमा पनि पार्टी मिलाउन सहयोग पुग्ने गरि स्ट्याटस लेख्ने र न्युज सेयर गर्ने गरौँ, तपाईँ हाम्रो यात्रा लामो छ, आगोमा घ्यु थप्न मद्दत नपुर्याउँ ।'

मिलन बिन्दु खोजौं , पार्टी मिलाउँ । यो लडाईं इगोको हो । हाम्रो पार्टीका नेतामा भएको इगोको मारमा देश र जनता पर्न हुँदैन र...

Posted by Shanta Chaudhary on Wednesday, May 5, 2021




  • प्रकाशित मिति : बैशाख २३, २०७८ बिहीबार ११:२३:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया