उत्पादन बढाउन अक्सिजन उद्योगलाई निरन्तर बिजुली

नेपाल विद्युत प्राधिकरणले अक्सिजन उत्पादन गर्ने उद्योगहरुलाई निरन्तर विद्युत् आपूर्तिको व्यवस्था गरेको छ । अक्सिजनको उत्पादनमा रोकावट आउन नदिनका लागि उद्योगलाई निरन्तर बिजुलीको व्यवस्था गरिएको हो । 

कोरोना महामारीको दोस्रो लहर अन्तर्गत संक्रमण तीव्र गतिमा बढिरहेको समयमा अक्सिजनको अभाव हुन नदिनका लागि अक्सिजन उद्योगहरुमा निरन्तर विद्युत् उपलब्ध गराउन थालिएको प्राधिकरणले जनाएको छ । 

प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले बत्ती गएमा तत्कालै प्राधिकरणको जनसम्पर्क अधिकृत वा नजिकको शाखामा जानकारी गराउन सबै अक्सिजन उद्योगहरुलाई खबर गरिएको बताए । 

शाक्यले भने, ‘विद्युत वितरण केन्द्रहरुलाई पनि अक्सिजन उद्योगमा विद्युत् नजाने आवश्यक प्रबन्ध गर्न निर्देशन दिएका छौँ । केन्द्रले आफू मातहत रहेका अक्सिजन उद्योगहरुलाई सोही अनुसार निरन्तर विद्युत् आपूर्तिको व्यवस्था गरिसकेका छन् ।’





  • प्रकाशित मिति : वैशाख २४, २०७८ शुक्रबार १०:५५:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया