नेवारपानीमा बस र ट्रक ठोक्किँदा १५ जना घाइते

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा १९ नेवारपानीमा ट्रक र बस एकआपसमा ठक्कर खाएर दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । 

हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ना ५ ख ४१४६ नम्बरको ट्रक र गौर जाँदै गरेको ना ७ ख ९१४० नम्बरको बस एकआपसमा ठक्कर खाएर दुर्घटना हुँदा १५ जना घाइते भएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी जयश्वर रिमालले बताए ।

घाइते सबैको उद्धार गरी चुरेहिल अस्पतालमा उपचार भइरहेको र एकजनाको अवस्था गम्भीर रहेको डिएसपी रिमालले जानकारी दिएका छन् । घाइतेको विवरण प्राप्त हुन सकेको छैन ।





  • प्रकाशित मिति : वैशाख २४, २०७८ शुक्रबार ११:३३:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया