युरोपा लिगमा काभानीको अनौठो रेकर्ड !

उरुग्वेका स्टार खेलाडी एडिन्सन काभानीले युरोपा लिग फुटबलमा अनौठो रेकर्ड बनाएका छन् । म्यानचेस्टर युनाइटेडका फरवार्ड काभानीले युरोपा लिगमा गोलको अनौठो इतिहास बनाएका हुन् ।

काभानीले युरोपा लिग अन्तर्गत सेमिफाइनलको दुवै लेगमा दुईभन्दा बढी गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका छन् । काभानीले रोमाविरुद्धको खेलमार्फत यस्तो रेकर्ड बनाएका हुन् । 

१५ खेलमा १६ गरिसकेका ३४ वर्षीय फरवार्ड काभानीले युरापाको सेमिफाइनल अन्तर्गतको दुवै लेगमा रोमाविरुद्धको दुई गोल गरेका थिए । काभानीको ४ गोलको मद्दतमा युनाइटेड दोस्रो लेगमा पराजित भएपनि समग्रमा ८–५ गोल अन्तरको जितसहित फाइनल पुगेको छ ।

युरोपा लिगको सेमिफाइनलको दुवै लेगमा दुई गोल गर्ने काभानी एक्लो खेलाडी हुन् । तर, युरोपियन प्रतियोगिताको सेमिफाइनलको दुबै लेगमा दुई भन्दा बढी गोल गर्नेमा भने काभानी दोस्रो खेलाडी हुन् ।

यसअघि सन् १९८५÷८६ को सिजन जर्मनीका क्लाउस अलोफ्सले यूइएफ कपको सेमिफाइनलको दुवै लेगमा दुईभन्दा बढी गोल गरेका थिए । क्लाउसले क्लोनबाट खेल्दै बेल्जियमको केएसभीविरुद्धको दुवै लेगमा २ भन्दा बढी गोल गरेका थिए ।





  • प्रकाशित मिति : वैशाख २५, २०७८ शनिबार ८:३७:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया