सिएनएनसँग प्रधानमन्त्रीको दाबी : नेपालमा कोरोना महामारी नियन्त्रणमै छ
तर बेड र अक्सिजन नपाएर सर्वसाधारण मरिरहेका छन्

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोना भाइरस (कोभिड-१९) महामारी नियन्त्रणमै रहेको बताएका छन्। दैनिक करिब ९ हजार संक्रमित भेटिएर बिरामीले अक्सिजन, अस्पतालको बेड र उपचार पनि नपाइरहेका बेला प्रधानमन्त्रीले यस्तो दाबी गरेका हुन्। 

उनले आज मध्यान्ह अमेरिकी सञ्‍चारमाध्यम सिएनएनसँगको अन्तर्वार्ताका क्रममा नेपालमा कोरोनाविरुद्धको लडाइँ प्रभावकारी रहेको दाबी गरेका हुन्। 

शनिबार मध्याह्न १२ बजे सिएनएनसँगको कुराकानीमा प्रधानमन्त्री ओलीले अहिलेसम्म नेपालले कोरोना महामारी नियन्त्रणका लागि पहल प्रभावकारी रहेको बताए। 
उनले आगामी दिनमा पनि आउन सक्ने संकटलाई ख्याल गरेर सघाउन पनि विश्व समुदायलाई अपिल गरेका छन्। 

नेपालमा दोस्रो लहरको कोरोना महामारीले भयावह रुप लिँदै गर्दा प्रधानमन्त्री ओलीले विश्वसामु सहयोगको अपिल गरेका हुन्। उनले सरकारले कोरोना नियन्त्रणका लागि सरकारले सक्तो प्रयास गरिरहेको पनि जिकिर गरेका छन्। 

प्रधानमन्त्रीले यस्तो दाबी गरिरहँदा काठमाडौं कोभिडका बिरामीका लागि एउटा पनि आइसियु बेड भेट्टाउन मुस्किल परेको छ। काठमाडौंमा बेड नमिलेपछि बिरामीलाई हेलिकोप्टरबाट झापासहितका अन्य जिल्लामा उपचारका लागि लाने क्रम बढेको छ। 

सर्वसाधारणले प्रधानमन्त्रीको सचिवालयसहित शक्तिशाली व्यक्ति र निकायहरुको सोर्स लाउँदा पनि आइसियु नभेटेको बताइरहेका छन्। प्रदेश १ का सांसद राजेन्द्रकुमार राईले कोभिडका एकजना बिरामीलाई तीन दिनदेखि आइसियु बेड खोज्दा कहीँ पनि नपाएको गुनासो गरेका छन्। 





  • प्रकाशित मिति : वैशाख २५, २०७८ शनिबार १७:१:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया