काठमाडौं उपत्यकामा ४,१९८ संक्रमित थपिए
फाइल फोटो

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका तीन जिल्लामा ४ हजार १९८ जना कोरोना संक्रमित थपिएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आइतबारको प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार काठमाडौंमा मात्रै ३,१६१ जना संक्रमित थपिएका छन् । भक्तपुरमा ५०४  र ललितपुरमा ५३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

यो संख्या पिसिआर विधिबाट गरिएको परीक्षणमा पुष्टि भएकाहरुको हो । पछिल्लो २४ घण्टामा देशभर पिसिआर विधिबाट गरिएको परीक्षणमा ८ हजार ७७७ र एन्टिजेन परीक्षणका ७३ जनामा संक्रमण पुष्टि भएको गौतमले बताएका छन् । 

कोरोनाबाट २४ घण्टामा ५२ जनाको मृत्यु भएको छ । 





  • प्रकाशित मिति : वैशाख २६, २०७८ आइतबार १६:४९:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया