गण्डकीका मुख्यमन्त्री गुरुङले दिए राजीनामा

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पदबाट राजीनामा दिएका छन्। प्रदेशसभामा भोलि अविश्वासको प्रस्तावमाथि मतदान हुने कार्यसूची तय भइसकेको अवस्थामा उनको राजीनामा आएको हो। 

गुरुङले दिएको राजीनामा प्रदेश प्रमुख सीता कुमारी पौडेलले आजै स्वीकृत गरिदिएकी छन्। पोखरामा आइतवारै नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलको बैठक बसेको थियो । 

फागुन २३ मा नेकपा खारेज भएर साविकका एमाले र माओवादी ब्यूँतिएपछि प्रदेश सरकारमा संकट बढेको छ। एमाले र माओवादी छुट्टिएपछि एक अर्काको सरकार ढाल्ने अभियान चलिरहेका बेला गुरुङको राजीनामा आएको हो।

 





  • प्रकाशित मिति : वैशाख २६, २०७८ आइतबार १७:११:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया