अन्य नेतासँग छलफल गर्नुअघि देउवा-प्रचण्ड भेटवार्ता

नयाँ सरकार निर्माणलाई लिएर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भइरहेको छ।

सभापति देउवा निवास बूढानीलकण्ठमा मध्यान्ह १२ बजेदेखि दुई नेताबीच भेटवार्ता चलिरहेको स्रोतले जनाएको छ। दुई नेताले नयाँ सरकार गठनका विकल्पलाई लिएर छलफल केन्द्रित गरेका छन्। 

देउवा, प्रचण्ड र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सोमबार प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएपछि नयाँ सरकार गठन थाल्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई अपिल गरेका थिए। भण्डारीले पनि सोमबारै तीन दिनभित्र बहुमतको सरकारको प्रस्ताव लिएर आउन भनिसकेकी छन्।

यस्तो अवस्थामा दुई नेताबीच नयाँ सरकार गठनसहितका मुद्दामा छलफल भइरहेको हो। जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षले कांग्रेस-माओवादी गठबन्धन सरकारमा नजाने भएको छ। यस्तो अवस्थामा यी दुई नेतालाई बहुमतको सरकार बनाउन कठिन भएको छ।

जसपाको ठाकुर समूह सरकार निर्माणको खेलमा नलाग्ने भएपछि संविधानको धारा ७६(२) बमोजिम नयाँ सरकार बन्न सक्दैन। आजै देउवाले २ बजे अन्य दलका नेतासँग छलफल राखेका छन्। त्यस्तै दिउँसो ३ बजे कांग्रेस पदाधिकारी बैठक बूढानीलकण्ठमै बस्ने भएको छ।





  • प्रकाशित मिति : वैशाख २८, २०७८ मंगलबार १३:८:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया