अक्सिजन सिलिन्डर लिन ओमान जाँदै जहाज, चीनबाट हरेक दिन ल्याइने

नेपाल वायु सेवा निगमको जहाजले कोरोना संकटसँग जुध्न ओमानबाट अक्सिजन सिलिन्डर ल्याउने भएको छ। निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आग्रह बमोजिम ओमान र चीनबाट अक्सिजन सिलिन्डरसहितका स्वास्थ्य सामग्री लिन वाइड बडी जहाज तयार गरिएको बताएका छन्। 

महाप्रबन्धक पौडेलका अनुसार गैरआवासीय नेपाली संघ ओमानको सहयोग र नेपाली दूतावास ओमानको सहकार्यमा संकलित करिब  ६ सय थान अक्सिजन सिलिन्डर लिन आगामी शनिवार निगमको जहाज मस्कट जाने भएको छ।

मस्कटबाट ६ सय थान ग्यास सिलिन्डर निगमको ए ३३० वाइड बडीलाई पठाउन लागिएको उनले। ओमानबाट फर्किएपछि त्यही दिन साँझ निगमको जहाज चीनको बेइजिङमा संकलित करिब ४ सय थान अक्सिजन कन्सर्नटेटर, ४ सय थान सिलिन्डर र अन्य चिकित्सा सामाग्री लिन जाने भएको छ।

पौडेलले त्यसपछि हरेक दिन निगमको जहाज चीन जाने बताए। चीनमा हरेक दिन तयार हुने ५ सय ५० थान सिलिन्डर उत्पादन हुने भएकाले त्यही अनुसार दैनिक तालिका बनाएर विमान बेइजिङ जाने बताए। 

उनले अन्य देशमा उपलब्ध हुन सक्ने सामान ल्याउन निगमका सबै जहाज तयारी अवस्थामा राखिएको बताए। उनले सरकारका सबै संयन्त्र परिचालन गर्न सकेमा आगामी १०-१२ दिनमा अक्सिजनको समस्या समाधान हुने विश्वास लिएका छन्। 

यसअघि मंगलबार निगमको जहाजले ४ सय थान अक्सिजन ग्यासको सिलिन्डर काठमाडौं ल्याइसकेको छ। उक्त जहाजले चीन सरकारले नेपाली दूतावासलाई हस्तान्तरण गरेका २० हजार थान अक्सिजन सिलिन्डरमध्ये तयारी अवस्थाका ४ सय थान, १६० थान अक्सिजन कन्सर्नटेटर, १० थान भेन्टिलेटरसहित २६ प्रकारका स्वास्थ्य सामाग्री ल्याइसकेको छ।





  • प्रकाशित मिति : वैशाख ३०, २०७८ बिहीबार १०:१६:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया