महन्थले बहुमत सांसदको हस्ताक्षरसहित पठाए राष्ट्रपतिलाई पत्र

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले बहुमत सांसदको हस्ताक्षरसहित राष्ट्रपतिको कार्यालयमा पत्र पठाएका छन्। 

आफूसँग बहुमत सांसदको हस्ताक्षर रहेको भन्दै उनले बिहीबार राष्ट्रपति कार्यालय शीतल निवासमा पत्र पठाएका हुन्। पत्रमा १९ जना सांसदको हस्ताक्षर रहेको छ । 

जसपामा ३२ सांसद छन्। यसअघि संविधानको धारा ७६ को २ अनुसार सरकार गठनका लागि जसपाका अर्का अध्यक्ष उपेन्द्र यादवले कांग्रेस र माओवादी केन्द्रसँग मिलेर राष्ट्रपति कार्यालयलाई पत्र पठाएका थिए ।

ठाकुरले यादवको दाबी र निर्णयलाई व्यक्तिगत भन्दै अवैधानिक बताएका थिए। ठाकुरले आफूसँग बहुमत रहेकाले यादवका कुनै पनि निर्णय नमान्‍न पनि आग्रह गरेका छन्। 

ठाकुरको पक्षमा सांसद

१.राजेन्द्र महतो



२.शरतसिंह भण्डारी

३.इकवाल मिया



४.विमल प्रसाद श्रीवास्तव

५.अनिलकुमार झा

६.अमृता अग्रहरि

७.चन्दा चौधरी

८.चन्द्रकान्त चौधरी

९.उमाशंकर अरगरिया

१०.दुलारी देवी खंगा

११.नरमाया ढकाल

१२.रुही नाझ

१३.निर्जला राउत

१४.राजकिशोर यादव

१५.रानी मण्डल

१६.लक्ष्मणलाल कर्ण

१७.प्रमोद साह

१८.कलुदेवी बिश्वकर्मा

१९. महन्थ ठाकुर

  • प्रकाशित मिति : बैशाख ३०, २०७८ बिहीबार १३:५५:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया