संघीय सांसदलाई आजदेखि दोस्रो डोज खोप लगाइने

संघीय संसद अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरुलाई आजदेखि कोरोनाभाइरसविरुद्धको दोस्रो चरणको खोप लगाइने भएको छ । संघीय संसदका सदस्य, पदाधिकारी र कर्मचारीहरुलाई दोस्रो डोज खोप लगाउन लागिएको हो ।

संघीय संसद सचिवालयले हिउँदे अधिवेशन प्रारम्भअघि कोभिसिल्डको पहिलो मात्रा लगाएकालाई आज दोस्रो मात्रा खोप लगाउने जनाएको छ । सचिवालयले दोस्रो डोज खोप लगाउने तालिका बिहीबार सार्वजनिक गरेको हो ।

आज प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष तथा उपाध्यक्ष र संघीय संसदका दुवै सदनका सदस्यहरूलाई दोस्रो डोज खोप लगाउनका लागि समय तोकिएको छ । आजै सभामुख, अध्यक्ष, उपाध्यक्ष तथा सदस्यहरूका स्वकीय सचिवालयका कर्मचारीलाई पनि खोप लगाइने सचिवालयले जनाएको छ । 

संसद सचिवालयले संघीय संसदका सदस्यहरू, पदाधिकारी, स्वकीय सचिवालयका कर्मचारी, सुरक्षाकर्मी लगायतलाई खोप लगाउन फरक फरक दिन छुट्याएको छ ।

पहिलो चरणमा कोभिसिल्ड खोप लगाएको आठ हप्ताको अवधि पूरा गरेका, खोप लगाएपछिको अवधिमा कोरोना सङ्क्रमित भए पनि २८ दिनको समयावधि पूरा गरेका व्यक्तिले दोस्रो डोज खोप लगाउन पाउने संसद सचिवालयले जनाएको छ ।





  • प्रकाशित मिति : वैशाख ३१, २०७८ शुक्रबार ८:३८:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया