नेयमारले फ्रेन्च कप फाइनल गुमाउने
फरकधार / १ जेठ, २०७८
यो सामग्री सेयर गर्नुहोस्

फ्रेन्च जायन्ट पेसिर सेन्ट जर्मन (पिएसजी) का ब्राजिलियन फरवार्ड नेयमारले फ्रेन्च कपको फाइनल खेल गुमाउने भएका छन् ।



बुधबार मोन्टपिलर विरुद्धको सेमिफाइनलमा पहेँलो कार्ड ब्यहोरेका नेयमारलाई १ खेलको प्रतिबन्ध लागेको हो ।



उक्त खेलमा पिएसजीले मोन्टपिलरलाई पेनाल्टी सुट आउटमा ६–५ ले हराउँदै फाइनल प्रवेश गरेको थियो ।



नेयमारको प्रतिबन्धपछि मे १९ मा हुने मोनाको विरुद्धको खेलमा पिएसजीलाई केही गाह्रो पर्ने देखिन्छ । 



यसअघि मार्को भेराटीले पनि चोटका कारण फाइनल खेल गुमाउने पक्का भइसकेको छ ।  क्लबले भने नेयमारको प्रतिबन्ध हटाउन अपिल गर्ने बताएको छ ।





  • प्रकाशित मिति : जेठ १, २०७८ शनिबार १०:२५:२१,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया