काठमाडौं : नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आइतवार दिउँसो सिंहदरबारमा भेटवार्ता हुने भएको छ ।
उनीहरुबीच दिउँसो १ बजेका लागि भेटघाट तय भएको एमाले संसदीय दलका नेता सुवास नेम्वाङले जानकारी दिए ।
‘उहाँहरूबीच अहिले १ बजेपछि सिंहदरबारमा भेटघाट गर्ने कार्यक्रम छ,’ कार्यदल टुंगो गर्न ओली–नेपाल सिंहदरबारमा भेट्दै
काठमाडौं : नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आइतवार दिउँसो सिंहदरबारमा भेटवार्ता हुने भएको छ ।
उनीहरुबीच दिउँसो १ बजेका लागि भेटघाट तय भएको एमाले संसदीय दलका नेता सुवास नेम्वाङले जानकारी दिए ।
‘उहाँहरूबीच अहिले १ बजेपछि सिंहदरबारमा भेटघाट गर्ने कार्यक्रम छ,’ फरकधारसँगको कुराकानीमा नेम्बाङले भने, 'कार्यदल टुंगो गर्नेबारेमा छलफल हुने तयारी छ।'
उनका अनुसार पार्टीलाई सर्वोच्च अदालतको फागुन २३ को फैसला अनुसार जेठ २ मा फर्कन बनाइने कार्यदल निर्माणबारे छलफल हुनसक्ने नेम्बाङले बताएका छन्।
यसअघि विभाजनको डिलमा पुगिसकेको एमाले एक हुनुपर्ने भन्दै नेपाललाई दबाब बढेपछि ओलीसँग सहमति गर्न राजी भएका थिए । राजीनामा लिएर सिंहदरबार पुगेका नेपाल समूह नेताहरुलाई ब्याक गराएर ओलीले सहमति गर्ने प्रतिवद्धता जनाएका थिए ।
तर, एमाले बैठकमा रामबहादुर थापा बादल सहभागी भएसँगै नेपाल समूहका नेताहरु सशंकित भएको छ। माधव पक्षले कार्यदलमा बादल पक्षलाई राख्न नहुने अडान लिएको छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।