हास्य-व्यङ्ग्यमै ठिक, पशुपतिका गीत

नेपाल लोकगीत संगीतका कहलिएका गायक हुन्, पशुपति शर्मा । उनका थुप्रै गीत हिट छन् बजारमा । उनका तीजदेखि हास्य शैलीसम्मका गीत चर्चामा छन् । पछिल्लो समय पशुपति युट्युब र टिकटकमा पनि निक्कै चर्चामा छन् ।

उनको हास्य शैलीको गीत ‘सारंगी र्‍याई र्‍याई’ बोलको गीत दर्शक श्रोताले निक्कै रुचाएका छन् । यो गीतमा धेरैले टिकटक बनाएका छन् । पशुपतिकै शब्द संगीत रहेको यो गीत गायनमा पशुपतिलाई गायिका सम्झना भण्डारीले साथ दिएकी छन् ।

गीतको म्युजिक भिडियो पनि हास्य शैलीमा तयार पारिएको छ । म्युजिक भिडियोमा पशुपतिलाई मोडल करिश्मा ढकालले जोडी बनेर साथ दिएकी छन् । पशुपतिको हास्य शैलीको चर्चित भएको गीत यो पहिलो भने होइन । यो भन्दा अघि पनि थुप्रै हास्य शैलीका गीत चर्चित भएका छन् ।

यो गीत दर्शक श्रोताले मन पराएपछि भने पशुपतिले आफूलाई श्रोता दर्शकले हास्य शैलीका गीतमै मन पराएको बताएका छन् । उनले भनेका छन्, ‘म हास्य-व्यङ्ग्य गीतमै ठिक रहेछु । आउँदा दिनमा हास्य विधामै व्यङ्ग्यात्मक गीत सिर्जना गर्ने कोशिस गर्नेछु ।’

 





  • प्रकाशित मिति : जेठ ५, २०७८ बुधबार १४:८:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया