जानकी भोग चक्की आटाको प्याकेटभित्र किरै किरा !

वर्षा राइस एन्ड फ्लोर मिल जनकपुरधामद्वारा उत्पादित जानकी भोग चक्की आटामा किरा भेटिएको छ।

स्थानीय रामानन्दचोकको एक किराना पसलबाट खरिद गरी ल्याइएको ५ किलो प्याकेट गहुँको आटामा किरा भेटिएको हो ।

एक स्थानीयले घरमा लगी चाल्नोमा चाल्दा पिठोमा किरै किरा भेटिएका छन् । २०२१ अप्रिल २० मा प्याकिङ्ग गरिएको सो आटामा मसिनादेखि ठूला किरा देखिएका छन् ।

प्याकिङ्ग गरिएको ६ महिनाको अवधिसम्म प्रयोग गर्न मिल्ने प्याकेटमा उल्लेख भए पनि गत महिना नै प्याक भएको आटामा यस्ता किरा भेटिनुले खाद्य पदार्थको गुणस्तरीयता माथि प्रश्न उब्जेको छ ।

यस सम्बन्धमा उद्योगका सञ्चालक सुरज साहले कसैले उद्योगलाई बदनाम गराउने नियतले आटाभित्र किरा राखेको हुनसक्ने आशंका व्यक्त गरेका छन् । 

यता, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवीण तिवारीले आटाभित्र किरा भेटिएको छ भन्ने आफूहरूले अनुगमन गर्ने प्रतिक्रिया दिएका छन् ।



विगतमा पनि बजारमा मिति गुज्रिसकेका उपभोग्य सामान भेटिए पनि सरोकारवाला निकाय मौन रहँदा उपभोक्ता ठगिँदै आइरहेका छन् ।



  • प्रकाशित मिति : जेठ ९, २०७८ आइतबार १२:५१:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया