चालु आवको १० महिनामा आयातभन्दा निर्यात करिब १० प्रतिशले बढी
सांकेतिक तस्बिर

चालु आर्थिक वर्षको १० महिनामा निर्यात ३२.१९ प्रतिशतले बढ्दा आयात २२.३४ प्रतिशतले मात्रै बढेको छ ।

भन्सार विभागको तथ्याङ्क अनुसार गत वैशाख मसान्तसम्ममा ८२ अर्ब ६ करोड ५७ लाख ६९ हजार रुपैयाँको वस्तु तथा सेवा निर्यात भएकोमा चालु आवको सोही अवधिमा निर्यात ३२.१९ प्रतिशतले बढेर १ खर्ब ८ अर्ब ४७ करोड ९७ लाख ५६ हजार रुपैयाँ पुगेको छ ।

यस्तै गत साउनदेखि वैशाखसम्मको समयमा १० खर्ब २५ अर्ब १३ करोड ७७ लाख ८३ हजार रुपैयाँको वस्तु तथा सेवा आयात भएकोमा चालु आवको सोही अवधिमा आइपुग्दा २२.३४ प्रतिशतले निर्यात बढेर १२ खर्ब ५४ अर्ब ११ करोड १ लाख ७९ हजार रुपैयाँ पुगेको छ ।

विभागका अनुसार चालु आवको १० महिनामा वैदेशिक व्यापारघाटा भने २१.४८ प्रतिशतले बढेको छ । गत आवको १० महिनामा ९ खर्ब ४३ अर्ब ७ करोड ३० लाख १३ हजार रुपैयाँ रहेकोमा चालु आवको सोही अवधिमा आइपुग्दा व्यापार घाटा ११ खर्ब ४५ अर्ब ६३ करोड ४ लाख २३ हजार रुपैयाँ पुगेको छ ।

त्यस्तै, विभागका अनुसार १० महिनाको अवधिमा वैदेशिक व्यापार २३.०७ प्रतिशतले बढेको छ । गत वैशाख मसान्तसम्ममा ११ खर्ब ७ अर्ब २० करोड २५ लाख ५२ हजार रुपैयाँको वैदेशिक व्यापार भएकोमा यो चालु आवको सोही अवधिसम्ममा १३ खर्ब ६२ अर्ब ५८ करोड ९९ लाख ३५ हजार रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ ।

जुन गत वर्षको तुलनामा २३ प्रतिशतले बढी हो । साथै, १० महिनाको अवधिमा आयात निर्यातको अनुपात ७.४५ प्रतिशतले घटेको पनि विभागको तथ्यांकमा उल्लेख गरिएको छ ।
 





  • प्रकाशित मिति : जेठ १०, २०७८ साेमबार १४:२८:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया